विद्यालयले मानव संसाधन निर्माणका साथै देशको आधार तयार गर्न उचित भूमिका निर्वाह गर्छ: राज्यपाल आचार्य

n5656639101702667135294fe30ee1d13e3b7746eea1ccd3716e5ee01911f3d139581ce503ee680751b4de7.jpg

गान्तोक: उत्तर प्रदेशको वाराणसीस्थित श्रीमती प्यारी देवी इन्टरमीडिएट कलेजमा ‘मेरी माटी मेरा देश मेरा विद्यालय’ थीममा एक कार्यक्रम आयोजित गरियो। उक्त कार्यक्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, राज्यकी प्रथम महिला कुमुद देवी र सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए।

यस अवसरमा राज्य संस्कृति विभागका मन्त्री विष्णु कुमार शर्मा र पर्यटन मन्त्री बीएस पन्त पनि उपस्थित थिए।

राजभवनद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, सिक्किमका राज्यपाल र मुख्यमन्त्री अहिले उत्तर प्रदेशको भ्रमणमा छन्। यस अवधि राज्यपाल र मुख्यमन्त्री ‘श्रीमती प्यारी देवी इन्टरमीडिएट कलेजद्वारा ‘मेरी माटी मेरा देश मेरा विद्यालय’ थीममाथि आयोजित कार्यक्रममा सामेल भए। कार्यक्रममा विद्यार्थीहरूले टीचिङ लर्निङ मटेरियलमाथि आधारित प्रदर्शनी राखेका थिए।

कार्यक्रमलाई सम्बोधित गर्दै राज्यपाल आचार्यले भने, विद्यालयले मानव संसाधन निर्माणका साथै देशको आधार तयार गर्न उचित भूमिका निर्वाह गर्छ। कुनै पनि शिक्षित वा सुसंस्कृत समाजको निम्ति यस्ता शिक्षण संस्थानले बलियो रीढ सरह काम गर्दछ, जुन हाम्रो देशको विकासमा सहायक सिद्ध हुन्छ। उनले विद्यार्थीहरूद्वारा आयोजित कार्यशालाको प्रशंसा गर्दै भने, नानीहरूको बुद्धिमत्ता, कौशल र कार्य कुशलता अत्यन्त प्रभावशाली र सराहनीय छ।

यस अवधि गणमान्य अतिथिहरूले विद्यालयको निरीक्षण गरे भने विद्यार्थीहरू र शिक्षण व्यवस्थाबाट निकै प्रभावित भए। यस अवसरमा विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए। उनीहरूले सिक्किममाथि आधारित ‘जहॉं बग्छ टिस्टा रंगीत’ गीतमा पनि आफ्नो प्रस्तुति दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement