आश्वासनपछि ट्रक हड़ताल स्थगित

n56566391217026669633934491849aee6716236c1829b6e3450a2c7da3f7e70137e564f03ed5a3d67562a8.jpg

गान्तोक: सिक्किम ट्रक चालक संगठनले एनएच १० खुल्ला नगरे १५ दिसम्बरदेखि हड़ताल गर्ने भनी लिएको निर्णयलाई फिर्ता लिएको छ। उक्त जानकारी चालक संगठनका केन्द्रिय अध्यक्ष धन बहादुर छेत्रीले दिएका हुन्। हिजो मल्लीमा आयोजित एक सभामा संगठनले हड़ताल गर्ने निर्णय लिएको थियो।

कालेबुङ पुलिस प्रशासनले चालक संगठनलाई दिएको जानकारीअनुसार, २१ दिसम्बरदेखि एनएच १० को सड़क ६ टनभन्दा माथिका मालवाहक ट्रकहरुका निम्ति पनि खोलिने छ। उक्त कुरा थाहा पाएपछि सिक्किम ट्रक चालक संगठनले हड़ताल फिर्ता लिएको अध्यक्ष छेत्रीले जनाएका हुन्। उनले यदि प्रशासनले २१ दिसम्बरको दिन पनि एनएच १० खुल्ला गरेन भने ट्रक हड़ताल निश्चित रूपमा गर्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement