मुख्यमन्त्रीलाई प्रेम सिंह तामाङलाई वाराणसीमा भव्यरूपमा स्वागत

IMG-20231215-WA0206.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ हिजो गान्तोकबाट उत्तर प्रदेश राज्यको बनारस प्रस्थान गरेका थिए। आज उनी वाराणसीको लाल बहादुर शास्त्री अन्तराष्ट्रीय हवाई अड्डामा पुग्ने क्रममा उनलाई वनारसमा अध्ययरत राज्यका विद्यार्थी साथै स्थानीय नागरिक समाजले भव्यरूपमा स्वागत जनाएका थिए। आफ्ना प्रिय नेतालाई भव्य स्वागत जनाउन आज वाराणसी अन्तर्राष्ट्रिय विमानस्थलमा यहाँ अध्ययनरत सिक्किमी विद्यार्थीहरू र स्थानीय नागरिक समाजका सदस्यहरूको ठुलो भीड लागेको थियो। यस अवसरमा मुख्यमन्त्रीको साथमा सिक्किम सरकारका मन्त्रीहरू बीएस पन्त र बिष्णु कुमार खतिवडा पनि सामेल रहेका छन्। आज उनले मेरा माटी, मेरा देश, मेरा विद्यालय अन्तर्गत आयोजना गरिने सांस्कृतिक कार्यक्रममा पनि सहभागिता जनाए। उक्त कार्यक्रममा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने मुख्यमन्त्री प्रेम सिंह तामाङ विशिष्ट अतिथिकोरूपमा उपस्थित रहेका थिए। श्रीमति प्यारी देवि इन्टरमेडियट कलेजको प्रेक्षागृहमा आयोजत कार्यक्रममा स्थानीयहरूले राष्ट्रीय गीत प्रस्तुत गरे। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको लोकप्रियता देखेर हाल देशको विभिन्न राज्यमा आयोजना हुने कार्यक्रममा उनलाई आमन्त्रित गरिन्दैछ। यसबाट सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङको देशमा कति लोकप्रियता रहेको छ भन्ने कुरा स्पष्ट हुँदछ। साधारण जीवन जिउन चाहने मुख्यमन्त्री राज्यबासीको निम्ति सदैव सहयोगको हात बढाउन अग्रसर देखिन्छन्। यस अर्थमा उनको सोंच कतिको महान रहेको छ भन्ने कुरा सर्वसाधरणले पनि बुझ्ने गर्दछन्। मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा राज्यले छोटो अवधिमा विभिन्न कुराहरू उपलब्धि गरिसकेको छ। उनलाई केही वर्षअघि गुजरातमा आयोजित दण्डी मार्चमा पनि निम्ताइएको थियो, जहाँ उनले धेरै किलोमिटर हिँडरे दण्डी मार्च सफल तुल्याउनमा ठूलो योगदान पुऱ्याएका थिए। एसकेएम पार्टीको सरकार गठन भएपछि यता मुख्यमन्त्रीले मुख्यमन्त्रीको राजनीति, जनता र देशप्रतिको मायाले गर्दा उनलाई देशको विभिन्न ठाउँमा आयोजना गरिने कार्यक्रममा निम्ताउने गरिन्छ। यसरी छोटो अवधिमा राज्यले यति ठूलो उपलब्धि हासिल गर्नु समस्त सिक्किमवासीको निम्ति गर्वको विषय हो भन्दा शायद दुईमत नहोला।

यसरी मुख्यमन्त्रीले राज्यबासीको निम्ति सदैव शिर बनाउने कार्य गरिरहेका छन्। यसरी नै उनलाई यसै वर्षको १२ जनवरीको दिन उडिसा राज्यको बीरसा मुन्डा हकी स्टेडियममा मेन्स हकी वलर्ड कप २०२३ मा पनि मुख्य अतिथिकोरूपमा निम्ताइएको थियो। उक्त कार्यक्रममा उडिसाका मुख्यमन्त्री नबिन पटनायक विशिष्ट अतिथिकोरूपमा उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement