कालचिनी: दलबदलको प्रक्रियाबीच आज कालचिनी खण्डको चुवापाड़ा ग्राम पञ्चायत अन्तर्गत पर्ने सेन्ट्रल डुवर्स चियाबारीबाट प्रायः १६ घर तृणमूल समर्थकहरु भाजपामा सामेल भएको जानकारी आज भाजपा ८ नम्बर मण्डल कमिटीको सभापति उत्तम लामाले दिएका छन। आज सेन्ट्रल डुवर्स चियाबारीबाट आएका ती १६ घर तृणमूल समर्थकहरुलाई भाजपा ८ नम्बर मण्डल कार्यालयमा भाजपा विधायक विशाल लामा लगायत भाजपाका जिल्ला नेता राजेश बारला र मण्डल सभापति उत्तम लामाले दलीय झण्डा प्रदान गर्दै पार्टीमा सामेल गराएको थियो।
भाजपाले मात्र जनताको सही सम्मान औ काम गर्नु सक्ने देखिएको औ तृणमूल पार्टी नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको प्रमाणित भएकोले आफूहरु भाजपामा सामेल भएको सामेल भएकाहरुले जनाएका छन। यता उक्त सम्बन्धमा भाजपा अलिपुरद्वार जिल्ला नेता तथा एसटी मोर्चाका राज्य नेता राजेश बारलाले मानिसहरु पहिलाबाटै भाजपालाई मन पराएर आएको र अहिले तृणमूलको नकरात्मक क्रियाकलापहरु देखेर साधारण मानिसहरु तृणमूलबाट मोहभंग हुँदै गएकोबीच आज सेन्ट्रल डुवर्स चियाबारीको प्रायः १६ घर तृणमूल समर्थकहरु भाजपामा सामेल भएको र आगामी दिनमा अझै धेरै संख्यामा मानिसहरु भाजपामा सामेल हुने क्रम जारी रहने जनाएका छन।
आज यसैबीच कालचिनी विधायक विशाल लामाले पनि तृणमूलको चर्तिकला जनता अघि उदाङ्गो हुँदै आईरहेको र भारतको यश्वसी प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशलाई सही दिशानिर्देश हुँदै आईरहेको देखेर जनता आकर्षित भएको र भाजपाको नारा नै चोरलाई समाएर जेल हाल्ने नीति भएकोले आज यसको बलियो प्रमाण सिद्ध भएको र अझै यस्तै अरु पनि भ्रष्टाचारी नेताहरुलाई जेल हाल्न भाजपा सरकारले कम्मर कसेको र अब जनताहरु सबैले तृणमूलको खेला बुझेकोले भाजपामा सामेल हुने क्रम जारी रहने जनाएका छन।