मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको कार्यालयमा शहीद छेवाङ तामाङको वार्षिक पुण्यतिथिमा उनले जाति र माटोको संघर्षमा दिएको योगदानको सम्मान रुपेश राई( अध्यक्ष महकुमा) को अध्यक्षतामा अनि पूर्णसिंह राई महासचिवको सञ्चालनमा स्वार्गीय तामाङकाे पुण्य आत्मालाई स्मरण गर्दै एक मिनटको मौन धारण गरिकन उनकाे तस्वीरमा फूलमाला र द्विप जलाएर श्रद्धाञ्जली अर्पण गरियो।

आजको श्रद्धाञ्जली कार्यक्रममा विनोद खालिङ (सहसचिव केन्द्रीय समिति), चम्फा बिभार (महकुमा संयोजीका), सुमन राई (सांगठानिक सचिव), भरत देवान, डम्बर छेत्री (उपाध्यक्ष महकुमा) बिरेन तामाङ (कोषाध्यक्ष), योगेश गोल, विकास खड्का, पुणम बोम्जन, सुनिल थापा, जीवन गजमेर, विधान थापा, सुमेन्द्र राई, मोहन तामाङ (सहसचिव महकुमा) आदि उपस्थित रहेका थिए।











