मिरिकमा द्वारे सरकार क्याम्प शुरू

IMG-20231215-WA0201.jpg

मिरिक: मिरिकमा शुक्रबारदेखि द्वारे सरकार क्याम्प शुरू भएकाे छ। शुक्रबार मिरिकको डुप्टिन ग्राम पञ्चायतमा बसेकाे क्याम्पकाे डुप्टिन ग्राम पञ्चायतवासीले लाभ उठाए भने मिरिक नगरपालिका वार्ड नम्बर एककाे लागि स्थानीय बेथसादा स्कूलमा क्याम्प राखिएकाे थियाे। यस अवसरमा बाेल्दै मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइतीले माेबाइल क्याम्प लगाएर ग्राम पञ्चायत क्षेत्रमा ८६ वटा क्याम्पहरू हुने जाे ३० दिसम्बरसम्म चल्नेछ भनी बताए। उनले सर्विस क्याम्प २ जनवरीदेखि ३१ जनवरीसम्म चल्ने जानकारी गराँउदै यस वर्षकाे द्वारे सरकार क्याम्पमा बागवानी विभाग अन्तर्गत कृषकहरूले पाेली हाउस आदिकाे लागि आवेदन गर्न सक्ने बताइन्। उनले विगतमा भएकाे द्वारे सरकार कार्यक्रममा मिरिकका मानिसहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए भने आगामी शिविरहरूकाे लाभ पनि सबैलाई उठाउने आह्वान् गरिन्। आम जनताकाे सुविधाकाे लागि   दैलाेमा सरकार कार्यक्रमकाे घाेषणा सरकारले गरेपछि साेही अनुरूप फेरि आठौं चरणकाे शिविर शुरू भएकाे छ भन्दै  शिविरमा पहिला जस्ताे लक्ष्मी भण्डार याेजना , कन्याश्री, एकाश्री, रूपाश्री, खाद्य साथी लगायत अन्य याेजनाहरूकाे  लाभ मानिसहरूले उठाउन सक्नेछन् भनी जानकारी गराइन्। उनले शिविरकाे लाभ सबैलाई उठाउने आह्वान् पनि गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement