दोस्रो वार्षिकोत्सवको अवसरमा नेफ्रोकेयर इण्डियाद्वारा मिर्गौलाको हेरचाह बारेमा सचेतना अभियान कार्यक्रम आयोजना

IMG-20231215-WA0172-1

कोलकाता: नेफ्रोकेयर इण्डियाले शुक्रबार दुई सफल वर्ष पूरा गरेको छ। नियमित ३० मिनेट छिटो हिड्दा मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ भनने सुझावलाई लिएर नेफ्रोकेयरले ‘अ वाक फर योर किड्नी’ नामक वकाथन आयोजना गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। यस वकाथनमा करिब चार सय सहभागीहरू साथै सेलिब्रेटीहरूले भाग लिएका थिए। यो वकाथन नेफ्रोकेयरबाट शरु भएर होटल गोल्डेन ट्युलिपमा समापन भएको थियो। कार्यक्रमपछि संस्थाका निर्देशक डा. प्रतिमा सेनगुप्ताले सचेतनामूलक सन्देश दिएकी थिइन्। कार्यक्रममा धेरै प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो। जसमा नेफ्रो केयरका संस्थापक तथा निर्देशक डा. प्रतिमा सेनगुप्ता, नन्दिता रोय (फिल्म निर्माता), शिवप्रसाद मुखर्जी (निर्देशक), देवाशिष दत्त (सेक्रेटरी मोहन बागान क्लब), गोल्डेन टुलिप होटलका निर्देशक आशिष मित्तललगायत अन्य धेरै प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको विज्ञप्तिमा बताएको छ।

मिडियासँग कुरा गर्दै नेफ्रो केयरका संस्थापक तथा निर्देशक नेफ्रोलोजिस्ट डा. प्रतिमा सेनगुप्ताले आज दोस्रो वार्षिकोत्सव रहेको बताइन्। उनले भनिन्, ‘यस महत्त्वपूर्ण अवसरमा हामीले मिर्गौलाको राम्रो हेरचाह र सम्बन्धित रोगहरूको उपचारको लागि काम गरेको दुई सफल वर्ष पूरा गरेका छौं। स्रोतसाधनको अभाव भएको भारत जस्तो देशमा यस संस्थामा उपचारभन्दा मिर्गौलासम्बन्धी रोकथाम नै राम्रो हुन्छ। नेफ्रोकेयरमा हामी दृढताका साथ विश्वास गर्छौं, हरेक दिन ३० मिनेटको तीव्र पैदल यात्राले हाम्रा धेरै स्वास्थ्य समस्याहरू समाधान गर्नसक्छl नेफ्रोकेयर इण्डियामा हामी रोगका यी सबै पक्षहरूलाई वैज्ञानिक रूपमा विश्लेषण गर्छौं र बिरामीलाई समग्र चिकित्सा सेवा प्रदान गर्छौंl’ एडभान्स्ड रिनल केयर इन्स्टिच्युट, जसको स्थापना प्रसिद्ध नेफ्रोलोजिस्ट तथा अवार्डी डा. प्रतीम सेनगुप्ताले गरेका थिए। स्वास्थ्य किडनीको हेरचाहमा ध्यान दिने आवश्यकता र यसद्वारा जोडिएका विसंगतिहरूलाई शीघ्र पत्तो लगाउनक अलागी नियमित परीक्षण गर्ने महत्व र किडनी सम्बन्धित समस्याको समाधानका लागि समग्र उपचार गर्ने बारेमा मानिसहरूलाई जागरूक गराइएको प्रेस विज्ञप्तिमा बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *