मङपू: आज मङपू जनमैदानमा सिन्कोना एवं अन्य औषधीय पौद्दाहरु जीटीएको आयोजनामा दुई दिवासीय सुन्तला म्होउत्सव शुरु भएको छ। समारोहका प्रमुख अतिथि हर्टीकल्चर विभागका मन्त्री (एमआईसी)अरुप रोई, एडिसनल प्रीन्सीपल सेक्रेटरी डा. सुब्रतो गुप्ता(आईएएस), जीटीए कार्यपाल अनित थापा, जोईन्ट सेक्रेटरी कस्तुरी सेन गुप्ता, प्रीन्सिपल सेक्रेटरी जीटीए प्रीति गोयल(आईएएस), जीटीए सिन्कोना विभाग सभासद रतन थापा, जीटीए हर्टिकल्चर सचिव सोनाम भुटिया आदि उपस्थित थिए।एमआईसी अरुप रोई अनि जीटीए कार्यपाल अनित थापाले उद्घाटन गरेको सुन्तला म्होउत्सव प्रथम दिनमा स्थानीय कलाकारहरुले संस्कृति म्होउत्सवमा सुन्दर नृत्य प्रस्तुत गरे।
सुन्तलामा लाग्ने किरा अनि रोगलाई कसरी निवारण गर्न सकिन्छ भन्ने बारेमा मङपू अनि सिटोङका कृषिहरुलाई डा. साजेद अली(युबीकेबी) कालेबुङ अनि एसपी सिह (एडीएच) कुचबिहारले बृस्तृत रूपमा जानकारी गराए।यसरी सिन्कोना निर्देशक डा. सामुएल राईले मिसन सुन्तला बारे कृषिकहरुलाई औगत गराए।
एमआईसी अरुप रोईले मुख्यमन्त्री ममता ब्यनर्जी नर्थबाङ्गाल अनि पहाडको निम्ति कुनै पनि कार्य गर्न त्यार रहेको कारण स्थानीय सुन्तला कृषिहरुको निम्ति मुख्यमन्त्री सित बातगरेर सरकारबाट पाउने सम्पूर्ण सहुलियत दिलाउने पहल गर्ने छु भनी बताए। स्थानीय सुन्तला कृषिकहरुलाई लिएर बृहत रुपमा सेमिनार गर्ने पनि मन्त्रीले थप बताए।
यसरी आईएएस सुब्रत गुप्तले स्वच्छ सुन्तलाको बिरिवाहरु कृषिकहरुलाई वितरण गर्ने योजना बनाईरहेको अनि नागपुर साथै उत्तर बङ्ग कृषि बिश्वविधालय बाट सुन्तला विशेषज्ञहरु अनि बैज्ञानिकहरुलाई लिएर स्थानीय कृषिकहरुलाई तालीम दिने कुरा पनि सुब्रतो गुप्तले जानकारी दिए।जीटीए कार्यपाल अनित थापाले पहाडमा सुन्तला खेती मुख्य आयस्रोत हुने उध्योग थियो, सुन्तला खेती अहिलेघरी घटेर १० प्रतिसत मात्र छ पहाडमा र यस खेतीलाई बचाउन सरकार अनि निर्देशक डा. सामुएल राई प्रयासरत छन् र सुन्तला खेतीलाई पहिले जस्तै फर्काउन अवश्यक छ।यस सुन्तला खेतीलाई बचाउनको निम्ति कृषिकहरु अनि युवाहरु अघि आउनु पर्छ सरकारको मात्र प्रयासले केही हुँदैन र सुन्तला खेतीलाई बचाउन कृषिकहरु लागि परे अवश्य यो खेतीलाई पहिले जस्तै लेउन सकिन्छ भनी थापाले बताए। सिन्कोना बगान निर्देशक डा. सामुएल राईले स्थानीय सुन्तला कृषिक दाजुभाई दिदीबहिनीलाई सुन्तला म्होउत्सव लाभ पुगोस भनेर नै यस प्रकारको उत्सव गत बर्ष देखि शुरु गरिएको र गत बर्षको तुलनामा यस बर्षको सुन्तला म्होउत्सवमा कृषिकहरुले थुप्रै संख्यामा उपस्थित दिएको र कृषिकहरुले प्रयास गरे सुन्तला पहिले जस्तै उत्पादन हुने कुरामा आसावादी रहेको कुरा निर्देशक डा.राईले जनाए।
आज मङपूमा सुन्तला म्होउत्सव भए भने भोलि दोस्रो दिन ट्राईबल जनमैदानमा सिटोङमा सुन्तला म्होउत्सव हुने भएको छ।आरजे प्रबल राईले संचालन गरेको सुन्तला म्होउत्सवमा मङपू अनि सिटोङका कृषिकहरु अनि सिन्कोना बगानका ब्यास्थापक गोपाल लामिछाने अनि बगान श्रमिक अनि कर्मचारी उपस्थित थिए। आजको सुन्तला म्होउत्सवमा युबीकेबी अनि सिन्कोना साथै पाल्वेस्वरी लिमिटेड अनि सिन्कोना माझ एमओएसमा पनि हस्ताक्षर गरियो।
पालेस्वारी लिमिटेडले उच्च स्तरको सिन्कोना टिस्यु दिने भएको कारण नै एमओएसमा हस्ताक्षर गरिएको कुरा निर्देशक डा. राईले जनाए।