नयाँ दिल्ली : भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई एक आईपीएस अधिकारीले म्याच फिक्सिङको आरोप लगाएका छन् । धोनी यसलाई लिएर अदालत गएका थिए भने यस विषयमा अब फैसला आएको छ। अदालतले ती अधिकारीलाई जेल चलान गरेको छ । रिपोर्टका अनुसार मद्रास उच्च अदालतले आईपीएस अधिकारी संपत कुमारलाई १५ दिसम्बर २०२३ मा १५ दिनको जेल सजाय सुनाएको थियो। अदालतको अवहेलना गरेको भन्दै यो सजाय दिइएको हो । तर अदालतले जवाफ दिन ३० दिनको समय दिएकोले अधिकारी तत्काल जेल जानु पर्दैन । वास्तवमा एमएस धोनीले मद्रास उच्च अदालतमा याचिका दायर गरेका थिए। यस याचिकामा धोनीलाई आईपीएल २०१३ को स्पट फिक्सिङसँग सम्बन्धित मामिलामा आफ्नो नाम तानिएको आरोप लगाइएको थियो। जसमा मिडिया च्यानल, एक अधिकारी र केही अन्य व्यक्तिहरू थिए।
धोनीले अपिलमा धेरै कुरा लेखेका थिए
टीम इण्डियाका पूर्व कप्तानले स्पट फिक्सिङसँग सम्बन्धित यस मामिलामा आफूमाथि कसैले पनि झूटो आरोप लगाउन नदिन अदालतमा अपील गरेका थिए। अदालतले पनि सोही निर्णय गरेको थियो । त्यसपछि आईपीएस अधिकारी बाहेक सबैले अदालतको आदेशलाई स्वीकार गरे। अब फेरि अदालतलाई एमएस धोनीको टोलीले उक्त मुद्दामा अफिसरले अझै पनि झुटो आरोप लगाएको जानकारी दिएको थियो, त्यसपछि अदालतले उनलाई १५ दिनको जेल सजाय सुनाएको हो ।
धोनी अन्तिम पटक आईपीएल २०२४ मा देखिने !
भारतीय टोलीका पूर्व कप्तान एमएस धोनीले सन् २०२० मा नै अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा भनेका छन् । उनी अन्तिम पटक आईपीएल २०२४ मा मैदानमा देखिन सक्छन्। एमएस धोनीको गत सिजनमा घुँडाको समस्या थियो तर उनको शल्यक्रिया सफल भयो र उनी पूर्ण रूपमा फिट छन्। जसपछि यो पटक पनि उनी सीएसके को टिममा मैदानमा देखिने अपेक्षा गरिएको छ।