टोकियो पाराओलम्पिक स्वर्ण पदक विजेता हरियाणाका मनिष नरवालले खेलो इन्डिया पारा खेलकुदमा पुरुष १० मिटर एयर पिस्टल एसएच–१ विधामा स्वर्ण जितेका छन् । सुटिङमा हरियाणाको दबदबा रह्यो । हरियाणाका शूटर्सले तीनवटै स्वर्ण जिते ।
हरियाणाका दीपक र रामपाल पनि विजयी भएका छन्
यस इभेन्टमा मनिषले हाङ्झाउ पारा एसियाडमा कास्य पदक जितेका थिए । पारा एशियाडको यस इभेन्टमा रुद्रांक्ष खण्डेलवालले मनिषलाई पछि पार्दै रजत जितेका थिए तर बिहीबार भएको फाइनलमा मनिषले रुद्राङ्कलाई (२३६.८) २ सय ४० दशमलव २ स्कोर गर्दै हराएका थिए । महाराष्ट्रका वैभव राजुले कास्य जिते । १० मिटर एयरराइफल प्रोन एसएच-१ मिक्स इभेन्टमा हरियाणाका दीपक सैनी (२५०.२) ले आफ्नो सहकर्मी विजय कुमार (२४९.३) लाई पराजित गर्दै स्वर्ण जिते। राजस्थानकी मोना अग्रवालले कास्य जितेकी छन् । १० मिटर एयर राइफल प्रोन मिक्स इभेन्ट एसएच–२ मा हरियाणाका राम पाल (६२५.५) ले राजस्थानका विजय सिंह (६२५.५) लाई हराउँदै स्वर्ण जितेका थिए।
पञ्जाबका गुरसेवकले पावरलिफ्टिङमा स्वर्ण जिते
पावरलिफ्टिङमा तमिलनाडुकी कस्तुरी राजमणिले ६७ केजी तौल समूहमा १०० केजी उचालेर स्वर्ण जितिन् । उनले गुजरातकी पारुल गोहिल (६४) र पञ्जाबकी सुमनदीप (५७ केजी) लाई पछाडि छोडिन्। ७३ तौल समूहमा गुजरातकी रेश्मा मोगिलले ७२ केजी तौल उचालेर स्वर्ण जितिन् । दिल्लीकी सहिस्ता (५८) ले रजत र राजस्थानकी माया (५७) ले कास्य जिते । पुरुष ८० तौल समूहमा पञ्जाबका गुरसेवक सिंहले १७१ केजी तौल उचालेर स्वर्ण जिते । केरलाका अब्दुल सलाम (१५५) ले रजत र दिल्लीका हनी डबास (१५२) ले कास्य पदक जिते ।
सुरुवात भाविनाको जितबाट
टोकियो पाराओलम्पिकको रजत पदक विजेता गुजरातकी भाविना पटेलले टेबल टेनिसमा विजयी डेब्यु गरेकी छन् । उनले आफ्नै प्रदेशका शमीमलाई ३–० ले हराए । बर्मिङ्घम राष्ट्रमण्डल खेलकुदको कास्य पदक विजेता गुजरातकी सोनल पटेलले तमिलनाडुकी फातिमा बिवीलाई ३–० ले हराएकी हुन् ।