ग्रेच्युटी नपाएका रिटायर्ड चिया श्रमिकहरू धरनामा

8e4bdbc5-ea39-4b14-afef-78b68444bd05

कालचिनीः कालचिनी खण्डको गारोपाड़ा अञ्चल अन्तर्गत पर्ने सन १९०० सालमा स्थापित अठियाबारी चियाकमानका श्रमिकहरू हाल थुप्रै समस्याले जुझिरहेका छन्। कमानबाट रिटायर्ड भइसकेको वृद्धा श्रमिकहरूले ५-६ बर्ष बितिसक्दा पनि आजसम्म आफ्नो पाकेको ग्रेच्युटी रकम नपाउँदा बारम्बार कमान प्रबन्धनपक्ष समक्ष दाबी दिँदै आइरहेतापनि कुनै सुनवाई नहुँदा यहाँका प्रायः २०० जति रिटायर्ड श्रमिकहरूले गत बिहीबारदेखि कमानको फ्याक्ट्री परिसरमा धरना दिँदै आइरहेको थियो। कमानबाट धेरै सुविधाहरू नपाएको त्यसमाथि रिटायर्ड भएर मर्ने बेला हुँदा पनि ग्रेच्युटी नपाएका श्रमिकहरू धरनामा बस्न बाध्य भएको उक्त कमानका टीसीबीएसयू नेता एमपी तिर्की र तृणमूल गारोपाड़ा अञ्चलका चेयरम्यान बान्टु चौधरीले जनाएका छन्।
मरता क्या न करता भने झैँ उपाय नदेखेपछि धरनामा ओर्लिएको वृद्धा श्रमिकहरू बताउँछन्।
यता आजसम्म तीन दिन धरना हुँदा बीरपाड़ा एलसीबाट आगामी २२ दिसम्बरको दिन बैठक डाकिएकोले आजबाट धरना फिर्ता लिएको तृणमूल गारोपाड़ा अञ्चलका चेयरम्यान बान्टु चौधरीले थप जनाएका छन्। अठियाबारी चियाकमानमा प्रायः २००० भन्दा अधिक श्रमिकहरू कार्यरत छन् भने कमानमा श्रमिकहरूको पुरानो जर्जर बनेको क्वार्टर मरम्मती नभएको एवम् कम्बल र चप्पल वितरण नभएको, नयाँ गन्ती नपाएको दाउरा प्रायः ९ हजार पिल भुगतान नगरेको र रिटायर्ड श्रमिकहरूको बकाया ग्रेच्युटी रकम भुगतान नगरिएको आदि दाबी लिएर यो धरना भएको भुक्तभोगी श्रमिकहरूले जनाएका छन्। आगामी २२ दिसम्बरको दिन एलसी बैठकमा पनि यसको समाधान नभए २३ दिसम्बरदेखि पुनः जोरदार आन्दोलन शुरु हुने कमानको श्रमिकहरूले चेताउनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement