खरसाङ: आज खरसाङ महकुमा शासक कार्यालयमा विभिन्न राजनैतिक पार्टीहरूलाई लिएर भीभी प्याड मशीन विषयमा सचेतना कार्यक्रम आयोजना गरिएको छ। आगामी लोक चुनावलाई लिएर मानिसहरूमा चुनाव सम्बन्धी सचेतना गराउन तथा नयाँ भोटर्सहरूलाई चुनाव विषयमा सचेतना गराइएको छ। उक्त अवसरमा खरसाङ क्षेत्रका विभिन्न राजनैतिक पार्टीको प्रतिनिधिहरूलाई पनि बोलाएर भीभी प्याड विषयमा जानकारी गराइएको छ। उक्त भीभी प्याड विषयमा सचेतना कार्यक्रम १४ दिसम्बरदेखि शुरु गरिएको थियो भने महकुमा शासक कार्यालयमा नै सचेतना कार्यक्रम आयोजना गरिएको छ। उक्त सचेतना कार्यक्रम विभिन्न समय तालिका अनुसार विभिन्न स्थानहरूमा आयोजना गरिने भएको छ। उक्त सचेतना कार्यक्रम आगामी लोक सभा चुनाव नोटिफिकेशन आईञ्जेलसम्म आयोजना गरिने भएको छ।

चुनावको नोटिफिकेशन आएपछि भने यो अभियान समाप्त गरिने भएको छ। उक्त भीभी प्याड विषयमा गरिएको सचेतना कार्यक्रम विषयमा विभागीय अधिकारी रतनकुमार मुखियाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा बताएका छन्।