बीएसएफले चलायो स्वच्छता अभियान

IMG-20230410-WA0169-11-300x172-5

सिलगढ़ीः सीमा सुरक्षा बल (बीएसएफ) उत्तर बंगाल फ्रन्टियर परिसर कदमतल्लामा गत ०२ दिसम्बरदेखि १५ दिसम्बरसम्म स्वच्छता पखवाड़ाको शुभारम्भ भएको थियो। बीएसएफ उत्तर बंगाल फ्रन्टियरका महानिरीक्षक सूर्यकान्त शर्माको नेतृत्वमा पूरा १५ दिनसम्म स्वच्छतामाथि आधारित विभिन्न कार्यक्रमरू आयोजित गरियो।

यही क्रममा शुक्रवार उत्तर बंगाल फ्रन्टियर, बीएसएफद्वारा कदमतला परिसर, दुर्गा मन्दिर क्षेत्र, बजार, स्कूल, एनबीएमसीएच रोड र यसका वरिपरिका क्षेत्रहरूमा सफाई अभियान चलाइयो। यस क्रममा मानिसहरूलाई जागरूक गर्न रोड मार्च निकालियो। सफाई अभियानमा उत्तर बंगाल फ्रन्टियर र १७६ बटालियन बीएसएफका सबै अधिकारीहरू, अधीनस्थ अधिकारीहरू र जवानहरूले हिस्सा लिए। कार्यक्रममा मानिसहरूलाई आफ्नो वरिपरिका ठाउँहरूलाई सफा राख्न प्रेरित गर्ने ब्यानर र पोस्टर पनि लगाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement