बर्दवान विश्वविद्यालयमा पस्ने क्रममा तृणमूल छात्र परिषदले राज्यपाललाई कालो झण्डा देखायो

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः बर्दवान विश्वविद्यालयमा पस्ने क्रममा शुक्रवार तृणमूल छात्र परिषदले राज्यपाललाई कालो झण्डा देखायो। यस घटनालाई लिएर सत्ताधारी खेमाको छात्र संगठन एकपल्ट फेरि विवादहरूमा छ। घटनाको कारण विश्वविद्यालय परिसरमा माहोल तनावपूर्ण भयो। राज्यपालको आगमनलाई लिएर बर्दवान विश्वविद्यालयको गोलापबाग परिसरमा बिहानैदेखि पुलिस बल तैनात गरिएको थियो। स्थितिलाई नियन्त्रित गर्न चारैतिर पुलिस बेरिकेड लगाइयो। विश्वविद्यालयको मुख्य द्वारको प्रवेशद्वारमा तृणमूल छात्र परिषद समेत अन्य छात्रहरूले हातमा कालो झण्डा र प्लाकार्ड लिएर सड़क छेउ जमा भएका थिए। जब राज्यपाल पसे तब उनीहरूले ”राज्यपाल टाढ़ा जाउ” को नारा लगाउँदै मार्च गरे। तृणमूल छात्र परिषदले विश्वविद्यालयमा तुरन्तै स्थायी कुलपितको नियुक्ति गर्ने माग गरेको छ। शिक्षण संस्थानहरूमा यूजीसी अनुदान किन बन्द भएको छ ? उनीहरूले राज्यपालले विश्वविद्यालयको आन्तरिक मामिलाहरूमा हस्तक्षेप गरिरिहेको आरोप लगाएका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement