सिलगढी: कनफेडरेसन अफ् इन्डियन इन्डस्ट्री (सीआईआई) ले सिङ्गापुरमा झैँ यता सिलगढीमा पनि लजिस्टिक्स हब निर्माण गर्न पहल शुरू गरेको छ। मूल रुपमा सिलगढीलाई करिडोर बनाएर उत्तर पूर्व भारत, नेपाल, भुटान, बङ्ग्लादेशसितको आयात-निर्यात प्रणालीलाई फैलाएर वित्तीय विकास गर्ने उद्देश्य रहेको छ। यसैले सिलगढी संलग्न फुलबारीको ल्यान्ड पोर्टलाई काममा लगाएर लजिस्टिक्स हब बनाउने कार्य सुरू गरिएको छ। यसको माध्यमद्वारा उत्तर पूर्व भारत, नेपाल, भुटान, बङ्ग्लादेशको उत्पादकबाट आम्दानी गरेको सामग्री देश तथा विदेशमा फैलाउने परियोजना रहेको बताइएको छ। सीआईआई र अन्य देशका प्रतिनिधिहरूले आज सिलगढीको एउटा गैर सरकारी होटलमा नेपाल तथा देशका विभिन्न निवेशक तथा प्रशासनिक प्रमुखहरूसित यस विषयमा विस्तारमा चर्चा परिचर्चा गर्नको साथै फुलबारी स्थल बन्दरगाहको बुनियादी ढाँचाको पनि निरीक्षण गरे। यस विषयमा अमित कुमारले भने, सिलगढी करिडोरको माध्यमद्वारा पूर्वोत्तर भारत, नेपाल, भूटान, बङ्ग्लादेशबाट आयात गरिने समानहरूलाई कम्ती मूल्यमा फैलाउन सम्भव हुनेछ। यसैले उत्तर बंगालको यस सहरलाई लजिस्टिक्स हब बनाउनको लागि मिलेर काम शुरू गरेको तिनले बताए।