सिविटार चियाबारीमा तीन दिवसीय विश्व शान्ति पूजा सम्पन्न

IMG-20231215-WA0188.jpg

खरसाङ: खरसाङ खण्डको महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको दश नम्बर गाउँमा तीन दिवसीय विश्व शान्ति पूजा सम्पन्न भएको छ। उक्त तीन दिवसीय पूजा १३ देखि आज १५ दिसम्बरसम्म सम्पन्न भएको छ। सिविटार चियाबारीको ग्राम सुधार शान्ति युवा संघ दश नम्बर गाउँको आयोजनामा सम्पन्न भएको छ। उक्त विश्व शान्ति पूजाको पहिलो दिन उदघाटन साथै विश्व शान्ति र क्षेत्रको शान्तिको लागि गाउँभरि लुङ्दर लगाउने कार्य सम्पन्न गरिएको थियो भने दोस्रो दिन १४ दिसम्बरको दिन ग्रह शान्ति र ग्रह दशाको पूजा गरिएको थियो। त्यसरी नै तेस्रो तथा अन्तिम दिन आज १५ दिसम्बरमा समापनको पूजा साथै वाङ वितरण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त वाङ वितरण बाघमारा बस्तीको ज्याङ्देर सामतेलिङ छ्योलिई गुम्बाको धर्म गुरु गोम्देन म्हेम्हे अम्बर लामाको बाहुलीबाट वितरण गरिएको छ।

उक्त तीन दिवसीय पूजामा गोम्देन म्हेम्हे अम्बर लामा, मिक्मा लामा र उनको सहयेगीहरूद्वारा पूजा अर्चना गरिएको थियो। उक्त तीन दिवसीय पूजामा सिविटार चियाबारी लगायत विभिन्न स्थानहरूबाट भक्तजन उपस्थित रहेका थिए। यस तीन दिवसीय पूजामा भागोप्रमो तीनधारे महानदी समष्टीके सभापति राजीव थापा, उप सभापति राजु लामा, ट्रेड युनियन खरसाङ महकुमा समितिको उप सभापति जनक छेत्री, महानदी ग्राम पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव थापा र सोनिका तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। यस तीन दिवसीय विश्व शान्ति पूजा आयोजक समितिको सभापति दिपेन पाख्रिन, सचिव कैलाश तामाङ , संयोजक मिलन तामाङ, सग संयोजक मुकुन तामाङ आदि रहेका थिए। उक्त तीन दिवसीय पूजा विषयमा पूजा अायोजक कमिटीको सभापति दिपेन पाख्रीनले पत्रकारहरूसित कुराकानी गर्दै तीन दिवसीय पूजामा विभिन्न तरिकाले सहयोग गर्नेहरू साथै आर्थिक सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरेका छन्।

उनले विशेष रूपमा अार्थिक सहयोग गरिदिने जीटीए चिफ् अनित थापाप्रति पनि विशेष रूपमा धन्यवाद दिएका छन्। दिपेन पाख्रिनले यो तीन दिवसीय विश्व शान्ति पूजा पहिलोपल्ट सिविटारको दश नम्बरमा आयोजना गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement