सचिवालयमा अनुपस्थित रहने अधिकारीहरू विरूद्ध जाँचको आदेश

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको सचिवालय नवान्न भ्रमणको समय धेरै अधिकारीहरू अनुपस्थित थिए। अब उनीहरू विरूद्ध विभागीय कारबाही शुरू गरिनेछ। राज्य सचिवालयका एक वरिष्ठ अधिकारीले शुक्रवार यसबारे जानकारी गराउँदै भने, बिहिवार मुख्यमन्त्री ममता ब्यानर्जीले सचिवालयमा उच्च स्तरीय बैठक गरेकी थिइन्।

खास कुरा के छ भने, सीएमको आगमनबारे जानकारी भएपनि धेरै अधिकारीहरू उपस्थित थिएनन्। यसपछि मुख्यमन्त्रीले मुख्य सचिवलाई यसबारे कारबाही गर्नलाई भनेकी थिइन्। त्यही अनुसार बिहिवार राति यस्ता अधिकारीहरूको सूची बनाइएको छ। यिनीहरूलाई कारण बताओ नोटिस जारी गरिनेछ। यिनीहरूलाई अनुपस्थितिबारे सोधिनेछ। खास कुरा के छ भने यी अधिकारीहरूले अफिसमा हाजिरी लगाइसकेका थिए तर सीटमा थिएनन्। यिनीहरू धेरै बेरसम्म अनुपस्थित थिए, जसले गर्दा सीएमले रोष व्यक्त गरेकी छन्।

एक अधिकारीले भने, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार राज्य सचिवालय नवान्नमा पुलिस व्यवस्थाको समीक्षा गरिन्। यस अवधि उनले धेरै अधिकारीहरूलाई अनुपस्थित पाइन्। उनको यो समीक्षा यस्तो समयमा भइहेको थियो जब लोकसभामा सुरक्षामा चूकलाई लिएर पूरा देशमा घमासान भइऱहेछ। मुख्यमन्त्रीले सुरक्षा निदेशकलाई मामिलाको छानबीन गर्ने निर्देश दिएकी छऩ्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement