कोलकाताः संसदको सुरक्षामा चूक मामिलाका मुख्य आरोपी ललित मोहन झाको कोलकातास्थित ठेगानामा शुक्रवार बिहान पनि पुलिस टीम पुग्यो। घरलाई घेराबन्दी गरिएको छ ताकि प्रमाणहरू नष्ट नगरोस्। बड़ा बजारको जुन कोठामा उ बस्दै आएको थियो त्यसलाई सील गरिएको छ। पश्चिम बङ्गाल पुलिसका एक वरिष्ठ अधिकारीले बताए, ललित झाका साथी नीलाक्ष आइचसित उत्तर २४ परगना जिल्लामा पुलिसले घण्टौंसम्म जाँचबुझ गऱ्यो। अधिकारीले बताए, ब्यारकपुर पुलिसको एक दलले गए बिहीवार राती आइचको हालीसहरस्थित घरमा पुगेर उसित ललित झासितको परिचयको बारेमा सोध्यो जतिबेला आरोपी झा एक स्वयंसेवी संस्थामा काम गर्थ्यो।
अधिकारीले बताए, हामीले झासित उसको मित्रताको बारेमा थाहा पाउनका लागि आइचसित घण्टौंसम्म जाँचबुझ गऱ्यौं। हामीलाई दिल्ली पुलिसबाट यसबारे जानकारी प्राप्त भएको थियो। पुलिसले बतायो, पश्चिम बङ्गालस्थित एक कलेजमा स्नातकका छात्र आइचलाई घटनाको तत्कालपछि झाले संसदको सुरक्षामा चूकसित सम्बन्धित भीडियो पठाएको थियो। पुलिस अधिकारीले शुक्रवार बिहान बताए, हामीले आइचको मोबाइल फोनको जाँच गरेर केही जानकारीहरू सङ्ग्रह गरेका छौं जुन हाम्रो जाँचमा महत्वपूर्ण साबित हुनसक्छ। दिल्ली पुलिस सूत्रले बताए अनुसार संसदको सुरक्षामा भएको चूकको घटनाका मुख्य आरोपी झालाई गए बिहीवार राती पक्राउ गरियो। झा एक व्यक्तिसित राष्ट्रिय राजधानीको कर्तव्य पथ पुलिस थाना पुगे जहाँ उसलाई विशेष शाखालाई सुम्पिइयो। वर्ष २००१- मा दिल्लीको संसदमा भएको आतङ्कवादी आक्रमणको वर्षगाँठकै दिन गत बुधवार संसदको सुरक्षामा गम्भीर चूक भयो। दुईजना युवकले संसद भवनको दर्शक दीर्घाबाट सदनमा हाम फाले। यिनीहरूले केनको माध्यमबाट पहेंलो रङ्गको धुवाँ फैलाए जसले गर्दा सदनभित्र सन्त्राष फैलियो। घटनाको तत्कालपछि दुवैलाई समातियो।
-हिस