कामतापुरी प्रोग्रेसिभ पार्टीले फेरि आन्दोलन गर्ने

IMG_20220723_194945.jpg

सिलगढी: भारतीय संविधानको आठौँ अनुसूचीमा कामतापुरी भाषालाई सामेल गरिनुपर्छ। यसका साथै उनीहरूको आफ्नो विविध मागलाई लिएर कामतापुरी प्रोग्रेसिभ पार्टीले फेरि आन्दोलन गर्ने बताएका छन्। कामतापुरलाई अलग राज्य बनाउने लगायत १५ सूत्रीय माग गर्दै कामतापुरी प्रोग्रेसिभ पार्टीले आन्दोलन गर्ने भएको छ। केन्द्रीय कमिटीको आह्वानमा संगठनको तर्फबाट सिलगढीमा आगामी ३ अगस्तको दिन एउटा विराट ऱ्याली निकाल्ने भएको छ। उक्त ऱ्यालीमा उत्तर बंगालका विभिन्न ठाउँका नेता, कार्यकर्ता तथा समर्थकहरूले अंश ग्रहण गर्ने भएको छ भने असमबाट पनि नेता तथा कार्यकर्ताहरू आउने सम्भावना रहेको छ। उक्त रयालीको माध्यमद्वारा तिनीहरूले सिलगढी महकुमाशासकलाई एउटा ज्ञापन पत्र पनि चढाउने छन्। यस सम्बन्धमा कामतापुर प्रोग्रेसिभ पार्टीको केन्द्रीय कमिटीका उपाध्यक्ष बुदारू रायले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यान आकर्षण गर्नको लागि महकुमाशासकको माध्यमद्वारा प्रधानमन्त्रीलाई एउटा ज्ञापन पत्र चढाइनेछ। भाजपा सांसद तथा विधायकहरूद्वारा गरिएको पृथक उत्तर बंगाल राज्यको मागलाई तिनले सहमति जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement