टेट परीक्षाको दिन अतिरिक्त मेट्रो चल्ने: परिवहन विभाग

IMG-20230410-WA0169-11-300x172-4

काेलकाता: २४ दिसम्बरमा राज्यमा टीचर्स एलिजिबिलिटी टेस्ट (टीईटी) को परीक्षा छ। त्यही दिन कोलकाताको ब्रिगेड परेड मैदानमा एक लाख मानिसहरूले सामूहिक गीता पाठ गर्नेछन्।

स्वाभाविक रूपमा भीड़ जुट्ने सम्भावना छ। यसको मध्यनजर मेट्रो रेलवेले त्यस दिन अतिरिक्त मेट्रो चलाउने फसेला गरेको छ।

मेट्रो अधिकारीहरूले बिहिवार घोषणा गरे, मेट्रो अन्य दिन सरह आइतवार अर्थात् २४ दिसम्बरमा बिहान ९ बजीको स्थानमा बिहान ६:५० बजीदेखि चल्नेछ। साधारणतः आइतवार १३० मेट्रो चल्छ तर २४ दिसम्बर टेट परीक्षाको कारण परीक्षार्थीहरूको निम्ति अतिरिक्त १०० अर्तात् २३४ मेट्रो चलाइनेछ। यस बाहेक परिवहन विभाग सूत्रहरू अनुसार, टेटेको दिन शहरहरू, उपनगरहरू र जिल्लाहरूमा अतिरिक्त बस सेवाहरू उपलब्ध हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement