मुख्यमन्त्रीले दिल्लीमा आईबी प्रमुखको साथ गरे बैठक

screenshot-2023-01-18-232521.webp

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले इन्टेलिजेन्स ब्यूरो (आईबी) का निदेशक तपन कुमार डेकाको साथ आज एक महत्वपूर्ण बैठक गरे। उच्च स्तरीय चर्चामा राज्य र केन्द्रिय गोप्य एजेन्सीहरूबीच सहयोगात्मक प्रयासहरूलाई रेखांकित गरियो।

खबरहरू अनुसार, मुख्यमन्त्रीले दिल्लीको असम हाउसमा आईबी प्रमुखको साथ बैठक गरे।

उल्लेख्य, मुख्यमन्त्रीले १३ दिसम्बरमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजीत डोभाल र गृहमन्त्री अमित शाहको साथ एक बैठक गेरका थिए। मुख्यमन्त्रीले भने, लोकसभा चुनाउपछि राज्य सरकार उल्फा (स्वा) को साथ शान्ति वार्तामा सामेल हुने प्रयास गर्नेछ। सरमा र डेकाबीच असमको सुरक्षा र विकाससित सम्बन्धित महत्वपूर्ण मुद्दाहरूमा चर्चा भयो।

चर्चामा आतङ्कवाद विरोधी उपाय, गोप्य जानकारी साझा गर्नु र असमका नागरिकहरूको सुरक्षा र समृद्धिलाई प्रोत्साहन दिने रणनीति जस्ता विषयहरू सामेल रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement