कोचबिहार: कोचबिहार रास मेला अर्को आइतवारसम्म लम्ब्याउन माग गर्दै व्यापारीहरूले आज कोचबिहार रास मेलाका सबै पसलहरू बन्द राखे। कोचबिहार नगरपालिकाले २० दिने मेला आयोजना गरेको छ। मेलाको म्याद एक दिन लम्ब्याएर आइतबारसम्म मेला चलाउन व्यवसायीहरूको माग छ । हरेक वर्ष १५ दिनसम्म परम्परागत रास मेला लाग्ने भए पनि नगरपालिकाले पाँच दिनअघि नै मेलालाई २० दिनसम्म पुऱ्याएको थियो ।

मेला शनिबार सकिएको र आइतबारको मेलामा पनि व्यापार राम्रो भएकाले मेला आइतबारसम्म लम्ब्याउन व्यवसायीले नगरपालिकासँग माग गरेका छन् । नगरपालिकाले व्यापारीको आग्रहलाई स्वीकार नगरेपछि आज दिउँसो १२ बजेदेखि व्यवसायीले पसल बन्द राखेर विरोध प्रदर्शन गरेका हुन् ।