घूम जोरबंग्लो स्पोर्टिंग क्लबको एकतर्फी जीत

photocollage_2022723191753416.jpg

२३ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत शनिवार दुईवटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा डिस्ट्रिक्ट मेजिस्ट्रेट एकादश र हिमालयन फूटबल क्लबबीच आज भएको पहिलो म्याच (ग्रुप जी) गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यसबाहेक दोस्रो म्याचमा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले एडमायोरा एकादशलाई ६-०-ले पिट्यो। ग्रुप एच-को यस एकतर्फी म्याचमा विजेता टीमबाट सौरभ बराईलीले ह्याट्रिक गरे। यसबाहेक छेवांग भूटिया र विराज गुरुङले १-१ गोल गरे भने एक गोल आत्मघाती रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement