मालदा: यात्रुले भरिएको सरकारी बस दुर्घटनामा परेको छ। नियन्त्रण गुमाएर सिग्नल पोष्टमा ठोक्किएपछि यात्रुमा त्रास फैलिएको छ। यो घटना शुक्रबार बिहान ७.३० बजे राष्ट्रिय राजमार्ग नम्बर ३४, मिशन रोड, पुरानो मालदा ब्लक, मालदामा भएको हो। स्थानीय स्रोतका अनुसार रायगञ्जबाट मालदा जाँदै गरेको सरकारी बस तिब्र गतिमा गुड्दा अचानक नियन्त्रण गुमाएर सम्बन्धित क्षेत्रमा दुर्घटना भएको हो। मानवीय क्षति नभएपनि बसमा सवार यात्रु भने सकुशल छन्। खबर प्राप्त हुनासाथ मालदा पुलिस थानाका पुलिस घटनास्थलमा पुगेर दुर्घटनामा परेको सरकारी बसलाई बचाएका थिए।