मुख्यमन्त्री लगायत अन्यहरू विदाई गर्न लिबिङ हेलिपेड पुगे
गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका धर्मगुरू दलाई लामा आज फर्किए। आज उनले पश्चिम बंगालको सिलगढीस्थित सालुगढाको गुम्बा आफ्नो अनुयायीहरूलाई दर्शन साथै उपदेश दिने कार्यक्रम रहेको छ। आज बिहान उनलाई विदाई गर्ने क्रममा साथै उनको अन्तिम दर्शन गर्नका निम्ति सडक भरि अनुयायीहरूको भीड लागेको थियो। यसै क्रममा धर्मगुरू लामालाई विदा गर्नको निम्ति राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ, मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती, मुख्य सचिव भीबी पाठक, पुलिस महानिर्देशक एके सिंह लगायत अन्यहरू पनि लिबिङको हेलिपेडमा पुगेका थिए। उनको तीन दिवसीय भ्रमणको क्रममा राज्यमा आइपुग्दा राज्य सरकारले उनलाई न्यायनो अभिवादन साथै स्वागत जनाएको थियो। उल्लेखनीय छ, य भन्दा अघि उनी वर्ष २०१३ मा पनि सिक्किम आएका थिए। तर यस वर्ष आउँदा गत १ दिसम्बरको दिन उनले राजधानीस्थित पाल्जर स्टेडियममा ३० हजार भन्दा अधिक अनुयायी साथै बौद्ध धर्मावलम्बीहरूलाई उपदेश दिएका थिए। उनको दर्शनको निम्ति सो दिन रातीदेखि नै मानिसहरूको जमघट पाल्जर स्टेडियमा शुरू भएको थियो।