रेलवे लाइनबाट क्षत-विक्षत अवस्थामा शव उद्धार

22-37-51-tr-1024x577.jpg

सिलगढी। आज राजगञ्ज ब्लकको पानीकौरी अञ्चलको बनियापाडा इलाकाको रेलवे लाइनबाट एकजना व्यक्तिको क्षत-विक्षत अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति चन्दारबारी गाउँ निवासी ४२ वर्षीय उलेन रायको रुपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार मगराडाङ्गी बजारमा उलेन रायको साइकल मरम्मति गर्ने दोकान छ। आज बिहान दोकानदेखि लगबग २ किलोमिटर टाढा बनियापाडा इलाकाको रेलवे लाइनबाट तिनको क्षत-विक्षत अवस्थामा शव उद्धार भएको बताइएको छ। घटनाको जाँच शुरु गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement