नक्सलबारी ग्रामीण अस्पतालमा डिजिटल एक्स-रे मसिन खराब भएकोले रोगीहरू समस्यामा

IMG-20230528-WA0320-5-300x172-4

नक्सलबारी: नक्सलबारी ग्रामीण अस्पतालमा १० दिनदेखि डिजिटल एक्स-रे मसिन खराब भएकोले रोगीहरूले गैर सरकारी अस्पताल तथा बाहिर रुपियाँ तिरेर एक्स-रे गर्न परेकोले रोगीहरूलाई निक्कै समस्या भइरहेको छ। गत वर्ष १९ नोभेम्बरमा नक्सलबारी अस्पतालमा एक्स-रे मसिन जडान गरिएको थियो। उक्त एक्स-रे मसिन खराब भएकोले गर्दा अस्पताल आउने रोगीहरूलाई निक्कै असुविधा भइरहेको छ। अस्पताल सूत्रले दिएको जानकारी अनुसार प्रतिदिन अस्पतालमा ३५-४० जना रोगीहरूले निःशुल्क एक्स-रे गर्ने गर्दछ। हाल मसिन खराब भएकोले बाहिर ३००-५०० रुपियाँ तिरेर रोगीहरू एक्स-रे गर्न बाध्य छन्। यसैले चाँडो एक्स-रे मसिन ठिक गराउने रोगीहरूले माग गरेका छन्। अर्कोतिर, नक्सलबारी ब्लक स्वास्थ्य अधिकारी डा. कुन्तल घोषले टेलिफोनमार्फत् जनाएअनुसार गत ३-४ दिनदेखि एक्स-रे मसिन खराब भएको छ। यसबारे इञ्जिनयरलाई जानकारी गराइसकेको छ। चाँडै एक्स-रे परिसेवा शुरू हुने तिनले आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement