शुभेन्दु अधिकारी मुख्यमन्त्रीसित बैठकमा सामेल नहुने

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः राज्य सचिवालयमा मानवाधिकार आय़ोगका अध्यक्ष र अन्य सदस्यहरूको चुनाउको निम्ति हुने बैठकमा नेता प्रतिपक्ष शुभेन्दु अधिकारी गएनन्। आज बिहिवार दिउँसो यो बैठक बस्यो। शुभेन्दुले यसमा सामेल नहुने कारण पनि बताएका छऩ्। उनले स्पष्ट गरे, ममता ब्यानर्जीको उपस्थितिमा बैठकमा सामेल हुने कुनै तात्पर्य छैन। राज्य मानवाधिकार आय़ोगको सदस्यको नाम तय गर्न बैठकमा सामेल हुनका लागि सचिवालयबाट विपक्षका नेतालाई कार्यालयमा आमन्त्रित गरिएको थियो। शुभेन्दुले भने, यो मीटिङ वास्तवमा मानिसहरूलाई देखाउने मामिला हो किनभने उनको (ममता ब्यानर्जी) को मनपर्ने व्यक्तिलाई यहाँ बसाउने फसेला अगावै भइसकेको छ। सूचीमा केवल तीन जना छन्, जसमध्ये कसलाई रोज्नुछ। त्यस सूचीमा एक व्यक्ति यस्तो छ, जो मुख्यमन्त्रीको आँखाको तारा हो,जसलाई पश्चिम बंगालको सूचना आयुक्त नियुक्त गरिएको छ। यस पाली उनको पुनर्वास गरिन्दैछ र उनलाई राज्य मानवाधइकार आय़ोगको अध्यक्ष नियुक्ति गरिन्दैछ। राज्यका मुख्य सचिव वासुदेव ब्यानर्जी थिए। शुभेन्दुले उनीतिर इशारा गरेका छऩ्।

दोस्रो कारणमा शुभेन्दुले राज्यमा क्रमवार घटनाहरूमा मानवाधिकार आयोगको निष्क्रियताको उल्लेख गरेका छन्। उनले भने, २०२१ मा चुनाउपछि भएको हिंसामा राज्य मानवाधिकार आयोगको निष्क्रियताले यसलाई एक बेकार संगठन प्रमाणित गरेको छ। यस बाहेक राज्य मानवाधिकार आय़ोगले बगटुई नरसंहार, एगरा बम विस्फोट, जयनगर घटना र पंचायत चुनाउ हिंसाका घटनाहरूको सम्बन्धमा राज्य सरकारलाई सन्तुष्ट गर्ने काम गरेको छ। तेस्रो कारण हो, राज्य मानवाधिकार आयोग गहिरो निद्रामा छ। केवल जब राज्य सरकारको आवश्यकता हुन्छ तब आय़ोग सक्रिय हुन्छ। यसैले यस बैठखमा जाने कुनै तात्पर्य छैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement