दार्जीलिङ वेलफेयर सोसाइटीद्वारा रोजगारको लागि नि:शुल्क अन्तर्वार्ताको आयोजना

IMG-20231214-WA0205.jpg

दार्जीलिङ: दार्जीलिङ वेलफेयर सोसाइटीका सभापति हर्षवर्धन श्रृङ्ला र सोसाइटीका सम्पूर्ण सदस्यगणको प्रयासमा दार्जीलिङमा प्रथमपल्ट भारतभरीका शीर्षस्थ पन्द्रहवटा कम्पनीहरुमा दुइ हजार रोजगारीको लागि नि:शुल्क अन्तर्वार्ताको आयोजना गरिएको छ। यो अन्तर्वार्ताको आयोजना होटल यशश्री स्यान्डरलिङ रिसोर्ट र स्पा जिमखाना क्लब अगाडि दार्जीलिङमा गरिएको छ। जहाँ बिहानदेखि विभिन्न कम्पनीमा रोजगारका लागि युवा युवतीहरूले अन्तर्वार्ता दिएका छन्। यसका लागि आवेदनकारीहरू बडो उत्साहका साथ यहाँ उपस्थित भएका छन्। यो क्रम बेलुकी छ बजेसम्म चलेको थियो। यसको साथै भोलि शुक्रबार पनि यही समयमा हुने भएको छ। उक्त अन्तर्वार्तालाई सफल पार्न सम्बन्धित कम्पनीका एचआरहरू पनि हिजै दार्जीलिङ आइसकेका थिए।

यसरी दार्जीलिङमा पहिलोपटक यति धेरै रोजगारक‍ो सुयोग मिलाइदिएकामा उम्मेद्वारहरूले दार्जीलिङ वेलफेयर सोसाइटीका सबै पदाधिकारीहरू अनि सम्बन्धित कम्पनीका एचआरहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement