सेन्ट एन्थोनी विद्यालययको वार्षिक कार्यक्रमका साथमा पारितोषिक वितरण

IMG-20231214-WA0183

सिलगढी: आज स्थानीय रवीन्द्र भवनमा सेन्ट एन्थोनी विद्यालयको वार्षिक कार्यक्रम अनि पारितोषिक वितरण समारोह विदेन प्रधानको अध्यक्षमा सम्पन्न भयो। विद्यालयका प्राचार्य सन्तोष विश्वले उपस्तिथि सबैलाई स्वागत जनाए पछि समारोहका प्रमुख  अतिथि भानु राई, विशिष्ट अतिथिहरु सदुमा छेत्री, केशर मोक्तान अनि सभापतिको बाहुलीबाट अब्बल दर्जा उतिर्ण हुने छात्र छात्राहरुलाई  पारितोषिक सहित मायाको चिन्ह वितरण गरियो। समारोहमा विद्यार्थीहरुले रायम्स, गीत, नृत्य, फेसन सो आदि प्रस्तुत  गरे। कार्यक्रममा उत्कृष्ट अंक लिएर प्रथम दर्जामा उतीर्ण हुने विद्यार्थी सुदिप्ता प्रधान, स्टुडेन्ट अफ द यर आदर्श राई, हाईजेनिक स्टुडेन्ट अफ द यर दोलकर साङमो लेप्चा अनि खेलकुदमा उत्कृष्ट अक प्राप्त गर्ने विधार्थी दीपशिका रावतलाई अतिथिगणको बाहुलीबाट पारितोषिक वितरण गरियो। आजको कार्यक्रममा चौथो श्रेणीका विद्यार्थीहरुलाई स्मृति चिन्ह अनि परिणाम प्रदान  गर्दै विदाई गरियो भने विद्यालय परिवार पक्षले उपस्थित अतिथिगणलाई  मायाको चिन्ह दिएर सम्मान  जनाए।

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement