गान्तोक: सिक्किममा एचआईवी/एड्स संक्रमण सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ दक्षिण सिक्किमका विभिन्न स्थानहरूमा नाट्य प्रतिभा मञ्चद्वारा सड़क नाटक प्रदर्शन भयो।
सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटीद्वारा प्रायोजित सो नाटक विगत १ दिसम्बर, २०२३ को दिन तिमी-तार्कुबाट आरम्भ भएको थियो। सो नाटक विभिन्न स्थानहरुमा मञ्चनपश्चात आज समाप्त भएको छ।
नाटक गुरू सुमन लेप्चाले लेखेका हुन्। सचेतनामुलक सो नाटकमा लेप्चा स्वयं सहित सीबी लिम्बू, टासी लेप्चा, आशीष मोक्तान, बन्दना पौड्याल, हरि गुरूङ, निशा पौड्याल र विनोद राई कलाकारको रुपमा विभिन्न पात्रको भूमिकामा थिए। यस नाटकमा एचआईवी/एड्स संक्रमण हुने कारण तथा संक्रमणपछि उपचार सम्बन्धी जानकारी पनि दिइएको थियो। यस अतिरिक्त, नाटक मञ्चनमा संगीत तथा गीतको माध्यमबाट पनि यस रोगको संक्रमण रोक्न संचेतनाका साथै उपायहरूको पनि जानकारी उपलब्ध गरिएको थियो।