राज्यका वाणिज्य एवम् उद्योग विभागका अधिकारीले जनाए विश्व लगानी सम्मेलनमा सहभागिता

IMG-20231214-WA0232.jpg

गान्तोक: राज्य सरकारको वाणिज्य तथा उद्योग विभागको लगानी प्रवर्द्धन टोलीले सिक्किमका हिजो नयाँ दिल्लीस्थित यशो भूमिमा आयोजित विश्व लगानी सम्मेलनमा सहभागिता जनाए। इन्भेष्ट इन्डिया, डिपार्टमेन्ट फर् प्रमोशन अफ् इन्डस्ट्री एन्ड इन्टरनल ट्रेड भारत सरकारद्वारा वर्ल्ड एसोसिएशन अफ् इन्भेष्टमेन्ट प्रमोशन एजेन्सीद्वारा आयोजना गरिएको थियो।

भारतमा विशेषगरी पर्यटन, ऊर्जा, औषधि आदि जस्ता प्रमुख क्षेत्रहरूमा लगानी प्रवर्द्धन गर्न सक्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा राज्यबाट एमएमएमलीका निर्देशक रबिकुमार, अतिरिक्त निर्देश्क छोडेन ग्याछो लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। यस अवसरमा पर्यटन एवम् विद्युत विभागले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा राज्यमा लगानी गर्न सकिने विभिन्न सम्भावनाहरूबारे प्रस्तुत गरे।

लगानीकर्ताहरूले सिक्किममा विशेष गरी सौर्य ऊर्जा, हरित हाइड्रोजन ऊर्जा, पशु दानाको उत्पादन, ट्राउट माछा फिड, बाजरा प्रशोधन, मूल्य अभिवृद्धि र बजार व्यवस्थापन, डाटा सेन्टर स्थापना, रिसोर्ट विकास, इत्यादिमा लगानी गर्न रुचि देखाएको बताइएको छ। वाणिज्य तथा उद्योग विभागले सम्भावित लगानीकर्तालाई राज्यमा लगानी गर्न सहजीकरण गर्नको लागि अनुगमन गर्नेछ, जसले स्थानीय युवाहरूलाई पर्याप्त रोजगारीका अवसरहरू पनि सृजना गर्ने जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement