गृहयुद्धले ग्रस्त बन्दै म्यानमार शान्तिको खोजीमा  

Myanmar-copy

रंगुन: म्यानमारमा जारी गृहयुद्धका बीच चीन सरकार सक्रिय भएको छ। म्यानमारको सेनाले विद्रोही गठबन्धन थ्री ब्रदरहुड एलायन्ससँग वार्ता गरेको छ। यो वार्तामा चीनले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ। म्यानमारमा विद्रोही र सेनाबीच भीषण लडाइँ चलिरहेको र देश टुक्राटुक्रा हुने खतरा भइरहेका बेला यो संवाद शुरु भएको छ। म्यानमारको सेनाले चीनको सीमामा बम खसालेपछि पीएलएले आफ्ना तोपहरू तैनाथ गरेको छ। यति मात्र होइन, विद्रोहीले भारतीय सीमा म्यानमारसँग जोड्ने एउटा सडक पनि कब्जा गरेका छन्।

थ्री ब्रदरहुड एलायन्समा अराकान आर्मी, म्यानमार नेशनल डेमोक्रेटिक एलायन्स आर्मी र ताङ नेशनल लिबरेशन आर्मी समावेश छन्। यी सबै समूहले २७ अक्टोबरदेखि म्यानमारको सेनामाथि भीषण आक्रमण गर्दै आएका छन्। यसले म्यानमारमा सत्तारुढ सैनिक शासकका लागि ठूलो चुनौती खडा गरेको छ। म्यानमार र चीनबीचको सीमा क्षेत्रमा भीषण झडप भएपछि सीमापार व्यापार अवरुद्ध भएको छ। यही कारणले गर्दा चीनले अहिले म्यानमार सरकार र विद्रोही गठबन्धनबीच वार्ता गरिरहेको छ ताकि यो गृहयुद्धको समाधान खोजियोस्।

म्यानमार सेनाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले यो वार्ता चीनको सहयोगमा भइरहेको बताएका छन्। उनले यो वार्ताको उद्देश्य संकट अन्त्य गर्नु रहेको बताए। यस महिनाको अन्त्यसम्ममा थप वार्ता हुन सक्छ। चीनले पहिले नै आफ्नो सीमामा युद्धविरामको लागि आह्वान गरेको छ र अहिले मतभेद समाधान गर्न वार्ताको माग गरिरहेको छ। म्यानमार नेशनल डेमोक्रेटिक एलायन्स आर्मी, विद्रोही गठबन्धनको एउटा समूह, म्यानमारको सैन्य सरकारद्वारा समर्थित प्रतिद्वन्द्वी कोकाङ समूहलाई प्रमुख सीमावर्ती शहरबाट हटाउन चाहन्छ। म्यानमार नेशनल डेमोक्रेटिक एलायन्स आर्मीले चीनका लगानीकर्ताहरू र म्यानमारका लडाकुहरूलाई ठगी गर्ने साइबर स्क्यामरहरूसहित संगठित अपराधीहरूलाई जरैदेखि उखेल्ने लक्ष्य राखेको छ। म्यानमारमा जारी गृहयुद्धका कारण ठूलो संख्यामा मानिसहरु विस्थापित भएका छन् भने हजारौं मानिस भारत पलायन भएका छन्। भारतले दुवै पक्षलाई शान्तिको अपिल समेत गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement