पार्टी विरूद्ध बयानबाजी महंगो पऱ्यो, अनुपम हाजराको केन्द्रिय सुरक्षा हट्यो

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगाल भाजपाका चर्चित नेताहरूमा सामेल अनुपम हाजरालाई राज्यमा पार्टी विरूद्ध बयान दिनु महंगो परेको छ। बिना कुनै हल्लाको केन्द्रिय नेतृत्वले उनको सुरक्षा हटाएको छ। उनी पार्टीको राष्ट्रिय महासचिव हुन्। बंगालमा उनको कुनै जिम्मेवारी नभएपनि राज्य नेतृत्व विरूद्ध उनले लगातार सार्वजनिक फोरममा बयानबाजी गरिरहेका थिए। उनले प्रदेश भाजपा नेताहरू विरूद्ध निष्क्रियता समेत धेरै गम्भीर आरोप लगाएका थिए।

उनलाई बारम्बार प्रदेश भाजपाको तर्फबाट यसको चेताउनी दिँदै भनिएको थियो, यदि केही भन्नुछ भने जब पार्टीको आन्तरिक बैठक हुन्छ, त्यसमा भन्नु। खुल्ला रूपमा पार्टीलाई समस्यामा नहाल्नु। तरैपनि उनले सुनिरहेका थिएनन्। यसपछि बंगाल भाजपामा उनलाई बारम्बार निष्कासित गर्ने माग उठिरहेको थियो। यद्यपि, केन्द्रिय नेतृत्व यसमा मौन थियो। अब उनलाई जुन वाई श्रेणीको सुरक्षा केन्द्रको गृह मन्त्रालयको तर्फबाट प्राप्त थियो त्यसलाई हटाइएको खबर छ। यसपछि उनी बंगाल छोड़ेर दिल्ली गएका छऩ्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement