हात्तीको हमलामा वृद्धको मृत्यु

IMG-20230528-WA0320-5-300x172-4

जलपाइगढ़ीः जंगलमा गाई लिन गएको समय हात्तीको हमलामा एक वृद्धको मृत्यु भएको छ। मृतकको नाम बाना उराउँ (७०) मंगलबाड़ी बस्ती निवासी बताइएको छ। मटेली थाना पुलिसले बिहिवार जंगलबाट वृद्धको शव आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति जलपाइगढ़ी सदर अस्पताल पठाएको छ।

पारिवारिक सूत्रहरू अनुसार, बुधवार वृद्ध गाई ल्याउनका लागि पानझोडा जंगल गएका थिए। त्यसपछि राति उनी घर फर्केनन्। आज वनकर्मीहरूले चालसा रेञ्जको पानझोडा बिटको नर्थ इन्डोङ कम्पार्टमेन्टमा वृद्धको शव देखे। जसपछि यसको सूचना मटेली थानालाई दिइयो। सूचना पाएर पुलिस र वनकर्मीहरू घटनास्थलमा पुगे र शवलाई आफ्नो कब्जामा लिए।

चालसा रेञ्जर प्रकाश थापाले भने, बुजुर्गको मृत्यु हात्तीको हमलाले भएको हो। क्षेत्रा मानिसहरूलाई अनावश्यक रूपमा जंगलमा नपस्ने अनुरोध गर्दछौं। बुजुर्गको मृत्यु जंगलभित्र भएकोले उनको परिवारले कुनै क्षतिपूर्ति पाउनेछैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement