राजभवनको उत्तरी द्वारको नाम कविगुरू रवीन्द्रनाथ टेगोर गेट राखिने

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः राजभवनको उत्तरी गेटको नाम ‘कविगुरू रवीन्द्रनाथ टेगोर गेट’ राखिनेछ। बिहिवार राज्यपाल सीवी आनन्द बोसले शान्तिनिकेतनको भ्रमणमा यो कुरा भनेका हुन्। यस पट्टिकाको अनावरण कविगुरूको ‘प्राण आराम’ छातिमतलामा गरियो। विश्व भारतीका कार्यवाहक कुलपति संजय कुमार मल्लिक पनि उपस्थिति थिए। यस अवसरमा राज्यपालले रवीन्द्र भवन संग्रहालय, छातिमतला एवं उपासना गृहको भ्रमण गरे।

सूत्रहरू अनुसार, राज्यपाल सीवी आनन्द बोस बिहिवार बिहान वन्देभारत एक्सप्रेसमा शान्तिनिकेतन गए। उनले रथीन्द्र गेस्ट हाउसमा विश्राम गरे। यसपछि दिउँसो रवीन्द्र भवन संग्रहालय गए। त्यहाँ उनले चारैतिर घुमेर गुरूदेवद्वारा उपयोग गरिएका सामग्रीहरू हेरे। त्यहाँबाट उनले छातिमतलाको भ्रमण गरे।

सूत्रहरू अनुसार, राज्यपाल राजभवनबाट रवीन्द्रनाथ टेगोरको फोटो भएको एउटा सेतो ढुंगाको पट्टिका लिएर आए। त्यस पट्टिकामा लेखेको थियो, ‘कविगुरू रवीन्द्रनाथ टैगोर गेट’। कविको ‘आत्माको शान्ति, मनको खुशी’ को थीममा राज्यपालद्वारा यस पट्टिकाको अनावरण र शुद्धिकरण गरियो। उनले भऩे, यो पट्टिका राजभवनको उत्तरी द्वारमा लगाइनेछ। अर्थात राजभवनको उत्तरी गेटको नाम अबदेखि ‘कविगुरु रवीन्द्रनाथ टेगोर गेट’ हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement