कुख्यात चोर टकला पक्राउ

photocollage_202272318431111.jpg

सिलगढी: सिलगढीको प्रधान नगर थाना अन्तर्गत इलाकामा पर्ने घरहरूमा भइरहेको चोरी तथा लुटपिटको घटनाले स्थानीय मानिसहरू धेरै आतङ्कित छन्। तथापि सिलगढी पुलिसले डांगापुर इलाकाको एउटा घरमा चोरी गरेको आरोपमा कुख्यात चोर टकला उर्फ सफिकुल इस्लामलाई पक्राउ गरेको छ। टकलाको पक्राउपछि यस भेकका मानिसहरूले शान्तिको सास फेरेका छन। सफिकुल इस्लाम अपराधको दुनियाँमा ‘टकला’ को नाम परिचित छन्। पुलिस सूत्र अनुसार गत केही दिन अघि दार्जिलिङ मोड नजिक डांगापुरस्थित एउटा घरमा चोरीको घटना भएपछि यसबारे थानामा अभियोग दर्ता गरिएको थियो। यसपछि घटनाको छानबिन गर्दा पुरानो अपराधी टकला हाल जमानतमा रिहा भएर जेलबाट बाहिर आएका छन् भन्ने पत्तो लागेपछि शुक्रवार राति टकलालाई पुलिसले पक्राउ गयो। यसपछि तिनलाई सोधखोज गर्दा अन्तमा डांगापुरस्थित घरमा भएको चोरीको घटनालाई उनले स्विकारे।पुलिसले टकलाको घरबाट चोरी भएको सबै सर-सामानहरू पनि उद्धार गरेको छ। प्रधान नगर थाना पुलिसले आज आरोपी टकलालाई सिलगढी अदालतमा पेश गयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *