ईडीले अभिषेकको सम्पत्तिको जानकारी हाईकोर्टमा दियो

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा आरोपितहरूमध्ये एक मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीको सम्पत्तिसित सम्बन्धित जानकारी हलफनामाको रूपमा केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) ले कलकत्ता हाईकोर्टमा बिहिवार जमा गरेको छ। लिप्स एण्ड बाउन्ड्स नामको जुन कम्पनीको माध्यमले नियुक्ति भ्रष्टाचारको आड़मा हासिल भएको राशिलाई हेर-फेर गरेको आरोप छ, त्यसको निदेशकको रूपमा अभिषेक ब्यानर्जी र आमा-बाबूको साथ परिवारका अन्य सदस्य सामेल छन्। ईडीले बिहिवार हाईकोर्टको जस्टिस अमृता सिन्हाको बेञ्चलाई रिपोर्ट सुम्पेको छ।

न्यायमूर्तिले ईडीलाई अभिषेकको कम्पनी लीप्स एण्ड बाउन्ड्सको सम्बन्धमा धेरै विवरण प्रदान गर्ने निर्देश दिए। लीप्स एण्ड बाउन्ड्स कम्पनीका छह निदेशकको नाम, उनीहरूको सम्पत्तिको राशि, कम्पनीको लेनदेन, त्यसको मूल्य, यस कम्पनीका ग्राहक को हुन्, उनीहरूको नाम, ब्याङ्क खाता, कम्पनीको दैनिक कार्य कसले हेर्थ्यो, सम्पत्तिको विवरण सीईओ अभिषेकको विवरण, उनकी आमा लता ब्यानर्जीको सम्पत्तिको विवरण, संगठनका सबै कर्मचारीहरूको ब्याङ्क खाता, को, कहिले संगठनमा सामेल भय़ो, संगठनको ठेगाना किन बदली गरियो र ईडीले जाँचमा कसको मद्दत माग्यो ती सबै जानकारी कोर्टमा जमा गर्नलाई भनिएको छ। केही दिनअघि अभिषेकले आफ्नो संस्थासित जोड़िएका सबै जानकारी ईडीलाई सुम्पेका थिए। यसमा ५०० पन्नाको कागजपत्र थियो। अन्ततः बिहिवार ईडीले दस्तावेजको जाँच गऱ्यो र रिपोर्ट कोर्टलाई सुम्पेको छ। रिपोर्ट पढ़ेपछि जस्टिस सिन्हाले भने, कोर्ट रिपोर्टको जाँच गर्नेछ र अगाड़ी आदेश दिनेछ। यस मामिलाको आगामी सुनवाई २० दिसम्बरमा हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement