पश्चिम बङ्गाल: बशीरहाट चिमनी दुर्घटनामा चारजना श्रमिकको मृत्यु, तीनजनाको अवस्था गम्भीर

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्ला अन्तर्गत बशीरहाट क्षेत्रमा अवस्थित ईटा भट्टीको चिमनी भत्किएर चारजना श्रमिकहरूको मृत्यु भएको छ भने तीनजना गम्भीर रूपमा घाइते भएका छन्। घटना गए बुधवार राती बशीरहाटको धल्टिटाह गाउँमा एक वर्षदेखि बन्द रहेको ईटा भट्टीलाई पुनः सुचारू गर्ने क्रममा भएको थियो। बशीरहाटका पुलिस अधिकारीले बिहीवार बताए, चारजना श्रमिकहरूको मृत्यु भएको पुष्टि गरिएको छ र तीनजनालाई अस्पतालमा भर्ती गरिएको छ। मृतक श्रमिकहरूको पहिचान उत्तर प्रदेशको फैजाबाद निवासी जेठुराम र राकेश कुमार तथा स्थानीय निवासी हफीजुल मण्डलको रूपमा गरिएको छ। दुर्घटनाका शिकार चौथो व्यक्तिको अहिलेसम्म परिचय खोलिन सकेको छैन।

पुलिस अनुसार दुर्घटनामा गम्भीर रूपले घाइते दुईजना श्रमिकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने दुईजनाको शव घटनास्थलबाटै निकालिएको थियो। दुईजना घाइते श्रमिकहरूको बशीरहाट अस्पतालमा उपचार भइरहेको छ। तेस्रो श्रमिकको अवस्था गम्भीर छ जसलाई कोलकाताको आरजी कार अस्पतालमा स्थानान्तरित गरिएको छ। चिमनी के कारणले भत्कियो त्यसबारे अहिलेसम्म पत्तो लाग्न सकेको छैन। मामिलाको जाँच गरिनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement