आई.एन.डी.आई.ए गठबन्धनको बैठकअघि मुख्यमन्त्री ममता ब्यानर्जीको बयान

CM-Mamta-Banerjee-4-3

कोलकाता: तीनवटा हिन्दी भाषी राज्यहरूमा कांग्रेसको हारपछि विपक्षी दलहरूको गठबन्धन आई.एन.डी.आई.एको बारेमा धेरै प्रश्नहरू उठिरहेका छन्। धेरै दलले यो पराजयमा कांग्रेसको जिद्दीलाई दोष दिएका छन्। अहिले ‘आई.एन.डी.आई.ए’ गठबन्धनको बैठक अर्को हप्ता नयाँ दिल्लीमा बस्दैछ। यसैबीच गठबन्धनको महत्वपूर्ण बैठकअघि मुख्यमन्त्री ममता ब्यानर्जीले पश्चिम बंगालले हरेक क्षेत्रमा देशको नेतृत्व गर्ने र सबैलाई उचित सम्मान पाउने बताइन्।

तृणमूल कांग्रेसकी नेतृ तथा मुख्यमन्त्री ममता ब्यानर्जीको यो भनाइ यस्तो बेला आएको हो, जब विपक्षी गठबन्धन ‘आई.एन.डी.आई.ए’ को बैठक आउँदो मंगलबार १९ दिसम्बरमा नयाँ दिल्लीमा हुन लागेको छ। मुख्यमन्त्री ममता ब्यानर्जी ‘आई.एन.डी.आई.ए’ गठबन्धनको बैठकमा सहभागी हुन राजधानी नयाँ दिल्ली जानेछिन्। भोलिपल्ट प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट सम्भावना छ।

मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलबार सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आयोजित सार्वजनिक वितरण कार्यक्रममा भनिन्, ‘यस समयमा पश्चिम बंगालले जे गरिरहेको छ, त्यसले अन्य राज्यहरूलाई सोच्न बाध्य तुल्याइरहेको छ। आज बंगालले के सोच्छ, भोलि भारतले के सोच्नेछ… देशको नेतृत्व गर्‍यौं भने बंगालले हरेक क्षेत्रमा देशको नेतृत्व गर्नेछल’ उनले सबैलाई समान सम्मान दिने, सबैलाई रोजगारी दिने, यस्ता कुराबाट कोही वञ्चित नहुने बताइन्। यसैबीच, मुख्यमन्त्री ममता ब्यानर्जीले २० दिसम्बरमा नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको समाचारमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement