कोलकाताः पश्चिम बंगालको बहुचर्चित कोइला तस्करी मामिलामा एक पल्ट फेरि केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) सक्रिय भएको छ। बिहिवार राजधानी कोलकाता सहित १३ ठाउँ छापा मारिन्दैछ। केन्द्रिय एजेन्सीको सूत्रहरू अनुसार, भवानीपुर, दुर्गापुर, कुल्टी, मालदा सहित अन्य ठाउँ तलाशी अभियान चलाइँदैछ। यस अभियानमा धेरै महत्वपूर्ण दस्तावेज जफत गरिएको छ।
उल्लेख्य, कोइला तस्करी मामिलामा सीबीआईले मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीसित दुई पल्ट सोधपुछ गरिसकेको छ। उनकी पत्नी रूजीरासित पनि सोधपुछ भइसकेको छ। कोइला तस्करीको मास्टरमाइन्ट अनूप माँझी उर्फ लालाले तस्करीबाट प्राप्त करोड़ौं रूपियाँ हवालाको माध्यमले विदेशहरूमा ट्रान्सफर गरेको आरोप छ। लाला अहिले केन्द्रिय एजेन्सीको हात परेको छैन। तस्करीमा मुख्य सूत्रधार रहेका विकास मिश्रा पनि देश छोड़ेर प्रशान्त महासागरको द्वीपमा गएर बसेको छ। यस मामिलामा केन्द्रिय एजेन्सीका एक अधिकारीले भने, नयाँ जानकारीहरू पाइएको थियो, जसपछि छापामारी शुरू भएको छ।