सिक्किमका तीन सामाजिक कार्यकर्ता दिल्लीमा सम्मानित

IMG-20231214-WA0231.jpg

गान्तोक: भारतीय दलित साहित्य अकादमीले आफ्नो ३९औँ वार्षिक अधिवेशनमा विभिन्न क्षेत्रमा सेवा पुऱ्याउँदै आएका व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ। पुरस्कृत हुनेहरूमा सिक्किमबाट पनि तीनजना सामेल रहेका छन्, जसमा तादोङ डाँड़ा गाउँ निवासी डीके परियार अम्बेडकर डिसटिङग्वीस्ड् सर्विस नेशनल अवार्ड २०२३ ले पुरस्कृत बनेका छन्।

यसैगरी, पाकिम आहो निवासी टीकादेवी शर्मा डा. अम्वेडकर नेशनल फेलोसिप पुरस्कार २०२३ ले सम्मानित भएकी छन्। यसको साथै गान्तोक निवासी स्नेह खाती डा. अम्वेडकर नेशनल फेलोसिप पुरस्कार २०२३ ले पुरस्कृत भएकी छन्। दिल्लीको पञ्चशिल आश्राममा आयोजना भएको पुरस्कार अलङ्करण समारोहमा सिक्किमका यी व्यक्तित्वहरू पुरस्कृत भएका हुन्।

About Author

Advertisement