एनएच १० सुचारू नभएकोले हाम्रो सीमावर्ती क्षेत्रमा खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तुको मूल्यमा भारी वृद्धि भएको छ: सांसद विष्ट
खरसाङ: दार्जीलिङका सांसद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले आज सडक, यातायात र राजमार्ग केन्द्रीय मन्त्री नितिन गडकरीसित भेट गरेका छन्। उक्त भेटमा सांसद राजु विष्टले राष्ट्रिय राजमार्ग १० को पुनर्स्थापनामा भएको ठूलो ढिलाइ र कालेबुङ, सिक्किम र दार्जिलिङ क्षेत्रका मानिसहरूले भोग्नुपरेको समस्याहरूको बारेमा जानकारी दिएको बताइएको छ। यस विषयमा सांसद राजु विष्टले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बताए अनुसार ४ अक्टोबर, २०२३ मा टिस्टामा आएको ठूलो बाढीले एनएच-१० को धेरै भागहरू बगाएको छ। तर ७० दिन बिति सक्दा पनि सडक आंशिक रुपमा मात्रै सुचारु भएको छ। यो ढिलाइका कारण उत्पन्न हुने प्रमुख समस्याका बारेमा केन्द्रीय मन्त्रीलाई अवगत गराउँदै आजसम्म ट्रक, बस (६ टनभन्दा माथि) जस्ता ठूला सवारी साधन पनि गुड्न नसकेको जानकारी गराएका छन् । जसका कारण ट्रक चालकहरु ज्यान जोखिममा राखेर साँघुरो पहाडी सडकमा सवारी चलाउन बाध्य भएका छन्।’
सांसद राजु विष्टले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन् – ‘एनएच-१० सुचारू नभएकोले हाम्रो सीमावर्ती क्षेत्रमा खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तुको मूल्यमा भारी वृद्धि भएको छ।
यो ढिलाइको मुख्य कारणहरू मध्ये एक एनएच १० को लगभग ५० किलोमीटर भाग पश्चिम बंगाल पीडब्ल्युडीद्वारा मर्मत गरिएको छ र तिनीहरूसँग यो रणनीतिक रूपमा महत्त्वपूर्ण सडक मर्मत गर्न प्राविधिक क्षमता छैन जस्तो देखिन्छ। त्यसैले मैले नितिन गडकरीलाई अनुरोध गरें कि कृपया एनएच-१० को सम्पूर्ण भाग एनएचआईडीसीएललाई हस्तान्तरण गर्नुहोस्। म यो साझा गर्न पाउँदा खुसी छु कि केन्द्रीय मन्त्री नितिन गडकरीले आज आफ्नो मन्त्रालयका अधिकारीहरूलाई डब्ल्युबीपीडब्ल्युडीबाट एनएच-१० को भाग लिने र एनएचआईडीसीएललाई थप ढिलाइ नगरी हस्तान्तरण गर्ने यो प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ।’
सांसद विष्टले अघि भनेका छन् –
एनएच-१० कालेबुङ, दार्जिलिङ र सिक्किमको सीमा क्षेत्रका लागि जीवन रेखा हो। यो सडक मर्मतमा दिनहुँ हुने ढिलाइले हाम्रो पर्यटन उद्योगलाई नोक्सान पुराईरहेको छ र हाम्रो क्षेत्रमा बसोबास गर्ने जनतालाई सास्ती भइरहेको छ।एनएचआईडीसीएलले एनएच-१० लाई पूर्ण रूपमा लिएपछि एनएच-१० लाई राम्रोसँग मर्मत गरिनेछ र हामीले हाम्रो क्षेत्रका मानिसहरूलाई अझ राम्रो सेवाहरू प्रदान गर्न सक्छौं भन्नेमा म धेरै आशावादी छु।’