नाम्ची: नाम्ची जिल्लाअन्तर्गत मल्लीमा आज अखिल सिक्किम ट्रक ड्राइभर एसोसिएशनकाे जरूरी सभा सम्पन्न भयो। सभा आयाेजन गर्नुकाे मुख्य उद्देश्य सिलगढीदेखि सर-सामग्री लिएर आउने सिक्किमकाे दक्षिण र पश्चिममा पर्ने जिल्लाका ट्रक ड्राइभरहरूले झेल्न परिरहेकाे समस्याकाे समाधान गर्नु रहेकाे थियाे।
उल्लेखनीय छ, गत अक्टोबर महिनामा बाढकाे कारण राष्ट्रिय राजमार्गलाई क्षति पुगेपछि दक्षिण र पश्चिम जिल्लामा आवश्यक समानहरू कालेबुङ चित्रे भएर ल्याउने गरिन्थ्याे, तर केही दिनदेखि कालेबुङकाे ट्राफिक प्रसाशनले सिक्किम आउने ट्रकहरूलाई आवागमन गर्न नदिएको एसोसिएशनले बताएकाे छ। आज बसेकाे सभाले छलफल गरेपछि पश्चिम बङ्गाल सरकार र कालेबुङका जिल्लापालले यस विषयकाे समाधान २४ घण्टाभित्र नगरे एसोसिएशनले हड्ताल गर्ने निर्णय गरेको छ।
सभामा अखिल सिक्किम ट्रक ड्राइभर एसोसिएशनका उपाध्यक्ष पूर्णसिंह राई, नाम्ची शाखाका अध्यक्ष अम्बर तामाङ, जाेरथाङ शाखाका अध्यक्ष नरेश गुरूङ, टिस्टा हिमाली राजमार्गका अध्यक्ष उत्तम राई, मल्ली शाखाका अध्यक्ष भूशन विश्वकर्म, साेमवारे शाखाका अध्यक्ष ललित छेत्री आदिकाे उपस्थिति रहेकाे थियाे।











