खरसाङ: तीनधारे महानदी समष्टी स्तरीय टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गरिने भएको छ। उक्त समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा तीनधारे महानदी समष्टी क्षेत्रका युवाहरूलाई लिएर आयोजना गरिने भएको छ। उक्त क्रिकेट टुर्नामेन्ट आगामी २८ दिसम्बरदेखि शुरु हुने भएको छ जसमा विजेतालाई २५,००० (पच्चीस हजार) र उप विजेतालाई १५,००० (पन्ध्र हजार) नगदराशिसहित आकर्षक ट्रफी प्रदान गरिने भएको जानकारी आयोजक समितिको पक्षबाट शुभम प्रधानले दिएका छन्। उनले बताए अनुसार तीनधारे महानदी समष्टी स्तरीय उक्त क्रिकेट टुर्नामेन्टमा समष्टीका युवाहरूलाई विशेष प्राथमिकता दिइने र एक टिममा दुईजना खेलाड़ीहरू समष्टीदेखि बाहिरको पनि खेलाउन सकिने प्रावधान राखिएको छ। उक्त टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको लागि तीनधारे महानदी समष्टीकोहरूले आगामी २२ दिसम्बरभित्रमा आफ्नो टिमको नाम दर्ता गराउन सक्ने र एक टिमको शुल्क ४,००० (चार हजार) लाग्ने पनि बताएका छन्।










