कालेबुङ: एनडीएका प्रार्थी द्रौपदी मुर्मू ठुलो व्यवधानमा जीत हासिल गरिन्।उनी देशका नयाँ १५औ राष्ट्रपतिको रुपमा निर्वाचित भएकी छिन्।उनको यो जीतपछि भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिले कालेबुङमा आज हर्षोल्लासको साथमा पटेकाहरू पड्काएर खुशीयाली मनाए। कालेबुङ शहरको डम्बर चोकमा देशकै पहिलो नव निर्वाचित आदिवासी महिला राष्ट्रपति द्रौपदी मुर्मूको फ्लेक्स टाँसेर तिनलाई पार्टीको तर्फबाट शुभकामना एवम् बधाई टक्राइएको छ। यसको साथै देशका नयाँ राष्ट्रपति श्रीमति मर्मूलाई भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवनले बधाई टक्र्याउँदै तिनको आगामी कार्यकालको निम्ति शुभकामना पनि व्यक्त गरेका छन्।











