सिलगढी: मतिगढा नाबालिग हत्याकाण्डका आरोपी मोहम्मद अब्बासले पहिलो पल्ट कोर्टमा लैजाँदा क्यामेराको सामु आफुले गरेको भूलको पश्चताप गर्दै यसको लागि जे सजाय दिन्छ, त्यसलाई आफुले स्वीकार गर्ने बताएका थिए। तर लगभग तीन महिना पछि आज पोस्को कोर्टमा चार्ज फ्रेम अवधि तिनले अदालत सामु आफ्नो वयानलाई परिवर्तन गरेका छन्। नाबालिका हत्याकाण्डको चार्ज फ्रेमको दोस्रो तारीख आज बिहिवार सिलगढी एडीजे फर्स्ट स्पेशल पोस्को कोर्टमा न्यायाधीश सामु आरोपी मोहम्मद अब्बासलाई पेश गरियो। यस अवधि अदालतमा न्यायाधीशले आरोपी अब्बासलाई घटना बारे सोधखोज गर्दा तिनले आफैलाई निर्दोश रहेको न्यायाधीश सामु बताए।
यसपछि अदालतले उक्त मतिगढा नाबालिका हत्याकाण्डको कोर्ट ट्रायल शुरू गर्ने निर्देश दिएको छ। न्यायाधीशले नाबालिग हत्याकाण्डको कोर्ट ट्रायल शुरू गर्नको लागि अब आगामी ३ जनवरीको मिति तोकेको छ। स्मरण रहोस, गत २१ अगस्त २०२३को दिन सिलगढीको मतिगढा थाना अन्तर्गत एउटा सुनसान ठाउँबाट नाबालिका अभया (परिवर्तित नाम) को खुनले लथपत अवस्थामा पुलिसले शव उद्धार गरेको थियो। यसपछि पोस्टमार्टम अनि फोरेन्सिक रिपोर्ट मार्फत थाहा लागे अनुसार नाबालिकालाई पहिला दुष्कर्म गरेर तिनको टाउँकोमा ईंटाले हिर्काएर बर्बरतापूर्वक हत्या गरिएको थियो। हत्याकाण्डको लगभग ६ घण्टाको अवधिमा नै मतिगढा थाना पुलिसले नाबालिका हत्याको आरोपमा मोहम्मद अब्बासलाई पक्राउ गरेर अदालतमा पेश गरेको थियो।
अर्कोतिर, आज यस विषयमा नाबालिकालाई इन्साफ दिलाउनका लागि लडाई लडिरहेका संस्थाका वकिल लिली थापाले आज कोलकत्ता हाईकोर्टका सरकारी पीपी विभाष च्याटर्जीको उपस्थितिमा आरोपी एमडी अब्बासलाई चार्ज फ्रेम गराइएको साथै तिनले यस अवधि आफैलाई निर्दोष बताएको अवगत गराइन्।