सिलगढी: साइबर ठगीबाट बचाउने उद्देश्य लिएर आज सिलगढी गर्ल्स हाई स्कुलमा साइबर विशेषज्ञहरूद्वारा विद्यार्थीहरूलाई प्रशिक्षण गराइयो। यस जागरूक कार्यक्रममा सिलगढी शहरको विभिन्न स्कुलका शिक्षक-शिक्षिका लगायत विद्यार्थीहरू उपस्थित थिए। जागरूक कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साइबर ठगीहरूबारे नाटकको माध्यमद्वारा प्रस्तुत गरे। यसबाहेक विशेषज्ञहरूले साइबर ठगीबाट कसरी बाँच्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा परिचर्चा गरे। यस अवसरमा सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, साइबर विशेषज्ञ सन्दीपन सेनगुप्त, सिलगढी गर्ल्स हाई स्कुलका प्रधान शिक्षिका अत्युहा बागची, सिलगढी साइबर क्राइमका आईसी सुरज छेत्री लगायत अन्य उपस्थित थिए।