फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी

Screenshot_20231214_183521_Dailyhunt.jpg

काठमाडौं: फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी नियुक्त भएका छन्। १३ डिसेम्बरमा एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्राले उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
यसअघि उनी फोनपेको स्वतन्त्र सञ्चालकको रुपमा आवद्ध थिए। जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रुपमा जोशी परिचित छन्। करिब दुई दशक भन्दा बढि समय उनी नेपालको प्रमुख बैंकिङ संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।
सपथ ग्रहणपछि जोशीले फोनपे जस्तो संस्थाको अध्यक्षको रुपमा काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए। फोनपे संस्थालाई अझै बढी सवल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्ने उनले प्रतिवद्धता जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *