सिलगढी पर्यटन मेला १५ दिसम्बरदेखि सुरु

ddbd47e3-90b8-4fd2-812a-3a84016d80d9

सिलगढी: सिलगढीमा १५ दिसम्बरदेखि सिलगढी पर्यटन मेला सुरु हुँदैछ। बिहीबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका सदस्यहरूले सो कुरा बताएका हुन् । यो पर्यटन मेला १५ दिसम्बरदेखि १७ दिसम्बरसम्म सिलगढी शहरको केन्द्रमा आयोजना हुनेछ। केन्द्रीय पर्यटन विभाग, जीटीए एसीटी, एतवा, एचएचटीडीएन र अन्य पर्यटन संगठनहरूसँगको सहकार्यमा ब्लू आई इन्डिया प्राइभेट लिमिटेडले मेला आयोजना गरेको हो। प्रदेश पर्यटन विभाग र पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न व्यक्तिहरूको उपस्थितिमा मेलाको उद्घाटन हुनेछ । महोत्सवमा पर्यटन क्षेत्रको विकासका विविध विषयमा छलफल हुनेछ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement